विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नुवाकोट गोल्डकपमा थ्रीस्टार फाइनलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिशूली, नुवाकोट, २३ जेठ -‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो । बट्टार क्याम्पसको खेलमैदानमा सञ्चालन भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका अजे मार्टिनले २ गोल, अजय धिमालले १ र निराजन खड्काले १ गोल गरेका थिए ।

नुवाकोट ११ का दिपेश श्रेष्ठले आठौँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिएका थिए । घरेलु मैदानमा घरेलु टोलीले गरेको पहिलो गोलले दर्शकहरुलाई उचाले पनि थ्रीस्टारको निकै दबाब झेलेको नुवाकोटले ३८ औँ मिनेटसम्म मात्र आफ्नो अग्रता कायम गर्न सफल भयो । ३८ औंँ मिनेटमा थ्री स्टारका अजे मार्टिनले गोल गर्दै टोलीलाई बराबारीमा पु¥याए ।

पहिलो गोल गरेको पाँच मिनेटपछि थ्री स्टारका अजे मार्टिनले नै ४३ औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अग्रता दिलाए । थ्रीस्टारका खेलाडीको अगाडि कमजोर देखिएको नुवाकोटले ७२ औँ मिनेट तेस्रो गोल खायो । थ्री स्टारका अजय धिमालले ७२ औँ मिनेटमा गोल गर्र्दैै टोलीलाई ३–१ मा पु¥याए ।

खेलमा ८० औँ मिनेटमा थ्री स्टारका निराजन खडक्काले गोल गर्दै टोलीलाई ४–१ मा पु¥याउन सफल भए ।

प्रतियोगितामा थ्री स्टारका अजे मार्टिनलाई ‘म्यान अफ दि म्याच’ घोषित गर्दै रु १० हजार प्रदान गरियो ।
घरेलु मैदानमा हजारौँ दर्शकको साथ पाए पनि नुवाकोटले गोल गर्ने आधा दर्जन अवसर गुमाएको थियो । केही दर्शकहरुले लाइन्स म्यानले सही निर्णय नगरेको भन्दै विवाद निकालेर लाइन्स म्यानलाई आक्रमणको प्रयास गरेपछि भएको विवादमा २० मिनेट खेल रोकिएको थियो ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो राशिको फुटबल प्रतियोगिता हो । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पाउने छन् । बिहीबार नेपाल पुलिस र कास्की ११ बीच प्रतिस्प्रर्धा हुनेछ ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time