Monday, August 3, 2020

नुवाकोटका जनजातिलाई सामाजिक अभिवृद्धिको तालिम

प्रमिला सुनार

नुवाकोट, असार १७ – जनजातिलाई पनि विभिन्न सामाजिक तथा आर्थिक क्रियाकलापमा सक्रिय गराउने उदेश्यले नुवाकोटको बिदुर नगरपालिका भित्रका जनजातीलाई ५ दिने प्रशिक्षण दिईएको छ ।

नेपाल आदीवासी जनजाती महासंघ विदुर नगर समन्वय समितिको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा संचालन भएको ‘मानव अधिकार, आदीवासी जनजाातीको अधिकार, व्यवसायको उदेश्य, लक्ष्य, भुमिसुधार, कृषिको मौसमी तथा वेमौसमी र मिश्रीत तरकारी उत्पादनको लागत कार्ययोजना’ सम्बन्धि ५ दिने तालिममा बिदुर नगरपालिका भित्रका १३ वडाबाट २६ जना जनजातीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘कार्ययोजना लेखन कला नेतृत्व बिकास एबं संघीय तथा संविधानका प्राबधान विषयक’ तालिमको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले तालिम लिएर मात्र नभई तालिमपश्चात व्यवसायिक काम गरेमा मात्र त्यसले सार्थकता पाउने बताउनुभएको छ ।

बिदुर नगरपालिकाका मेयर पण्डितले नगरपालिकाले गरेको लगानीको राम्रो प्रतिफल आएमा जनजातीहरुको हकअधिकारको लागि बिभिन्न तालिमको आयोजना गरी सदैब सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । आफूले सिकेको सीपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै उहाँले नगरपालिकाले बेरोजगारीको अन्त्य गर्नको लागि पशुपालन, कृषि लगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद बिदुर नगरपालिकाका अध्यक्ष बच्चुमाया सुनारी मगरले आदीवासी जनजातीको सीप, विकास तथा क्षमता अभिवृदि गर्न तालिमको आयोजना गरेको तर नगरपालिका भित्रका वडाहरुले नै आफूहरुलाई सहयोग नगरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरले तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनु पर्नेमा जोड दिनुभयो । तालिम समापन कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष टलकमान श्रेष्ठले अधिकार स्थापना गर्न आदीवासी जनजातीले महत्वपूर्ण योगदान गर ेपनि अधिकार विहिन हुनुपरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद नुवाकोटका उपाध्यक्ष शर्मीला थापा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य लिलानाथ न्यौपाने लगायतले अहिलेसम्म आदिवासी जनजाती अधिकार विहीन भएको भन्दै अब अधिकारका लागि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •