विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, ५ असार (रासस) ः विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र नालीको सोमबार गरिएको अनुगमनका क्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटा क्लियर नहुँदा पानी जम्ने र विराटनगर जलाशयमा परिणत हुने खतरा बढेको छ । वर्षात्को समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

उहाँले वर्षात्को समयअगावै निर्माणाधीन सडकको काम सम्पन्न गर्न र अवरोध आएका नाला तत्काल सफा गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिनुभएको छ ।

विभिन्न स्थानमा विकास निर्माणका क्रममा उत्पन्न समस्या प्रति नगरवासीले अत्यधिक चिन्ता लिन थालेपछि प्रमुख पराजुलीले अनुगमन कार्यलाई तीव्रता दिनुभएको हो ।

प्रमुख पराजुलीले विराटनगर महानगरपालिकाअन्तर्गत दूधफार्म, आयल निगम, कञ्चनबारी, बरगाछी र मुनालपथमा भइरहेका निर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो भने अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की तथा वडाअध्यक्ष विनोद बस्नेत र प्राविधिकलगायतको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time