Thursday, October 1, 2020

निजीले वृद्धि गरिएको शुल्क नलिन आदेश

मङ्गलवारे, १८ असोज – इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार विश्वजन सिंजापतिले जानकारी दिनुभयो । अदालतको फैसलाअनुसार निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्नुपर्छ ।

निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोधमा गत वैशाख ३१ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), सङ्घीय विद्यार्थी फोरमले वृद्धि भएको शुल्क फिर्ता गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले गत जेठ ५ गते कुनै पनि निजी विद्यालयले बढेको शुल्क नलिनका लागि अन्तरिम आदेश जारी गरेको थियो ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares