नारायणगढ–मुग्लिन सडक आज दिउसो बन्द नहुने ,, पहिरोको जोखिम बढेपछि समाधानका लागि बैठक बस्दै

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

चितवन, ११ असार ।
नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजसम्म बाटो बन्द हुदै आएको सो सडकखण्ड हिजो राती अवरुद्ध भएपछी रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि त्यसको समाधानका लागि आइतबार बैठक पनि बस्दै छ । सुरक्षित यात्रा कसरी गराउने भन्ने बारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, सडक आयोजनाका पदाधिकारी र यातायात व्यवसायी बैठकमा बस्ने छन् ।
गएरातीदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक केही समय अगाडीदेखी एकतर्फी खुलेको छ भने पहिरो खसेर बाटो अवरुद्ध भइरहने भएपछी प्रहरीले यात्रुहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time