विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो,, दुई प्रहरीको मृत्यु , केही बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, ९ असार

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ ।
सो ठाउँमा पहिरो जादा प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक नदीमा खसेको थियो ।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
भ्यानमा सवार प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ भने अझै बेपत्ता भएका छन् । पहिरोसंगै खोलामा खसेको प्रहरी भ्यान नदेखीएकाले खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । ट्रकको भने केही भाग मात्रै देखिएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
गएराति १ बजेर ५ मिनेट जाँदा पहिरोका कारण प्रहरीको भ्यान र अर्को ट्रक नदीमा खसेको प्रहरीको भनाइ छ ।
सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ बजेर ४० मिनेट जादा पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । फर्कने बेलामा सो पहिरो खसेको प्रहरीले जनाएको छ । अहिले सो सडक खण्डमा विभिन्न ठाउँहरुमा पनि पहिरो खसेकोले पहिरो पन्छ्याउन समस्या भईरहेको प्रहरीले जनाएको छ । सो सडक भएर चल्ने हजारौं गाडीहरु अहिले जाममा परेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time