Saturday, October 31, 2020

धानको मूल्य तोकियो तर बिक्री भएन

धनगढी – सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ ।

दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन् । तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आएको छैन ।

विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसानले लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका थिए । यस वर्ष प्रदेश र स्थानीय सरकारलेसमेत किसानलाई सहज नगरिदिएको उनीहरूको गुनासो छ ।

सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ भने गत वर्ष त्यो मूल्य दुई हजार दुई सय थियो । मध्यम धानको मूल्य दुई हजार चार सय ६० रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र बढी हो । तर किसानले बजारमा क्विन्टलको १९ सय रुपैयाँमा धान बिक्री गरिरहेका छन् ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares