Friday, September 25, 2020

दोहोरो अंकले ओरालो लाग्याे शेयर बजार

काठमाडौँ, २५ असार – शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो ।

आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०.२५ र उत्पादन समूह ७.४३ बिन्दुले बढ्दा बैंकिङ १६.५२, होटल २४.४३, विकास बैंक १७.९६, जलविद्युत् २८.२८, फाइनान्स ३.४२, बीमा १३५.३, अन्य ४.७८ र माइक्रोफाइनान्स २२.१९ बिन्दुले घटेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •