विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

देउवाकाे राजीनामा संगै ओली प्रधानमन्त्री नियुक्त आजै ४ बजे शपथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको हो । संगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...