विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दुवै मिर्गौला खराब भएकी युवतीद्वारा सहयोगको याचना । सेयर गरेर सहयाेग गर्नुहास्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेनी, म्याग्दी, ३ असार- बेनी नगरपालिका– २ गौश्वाराकी २० वर्षीया तारा शर्माको दुवै मिर्र्गौला खराब भएपछि पोखरास्थित मणिपाल अस्पतालको श्ययामा छट्पटाइ रहनुभएको छ ।

शर्माले आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहनुभएको छ । उहाँ दुई महिनादेखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएकी शर्मालाई हप्तामा दुई पटक डायलसिस गर्नुपर्ने हुन्छ ।

एक पटक डायलसिस गरे रु पाँच हजार खर्च लाग्छ । दुवै मिर्गौला प्रत्यारोपण गर्न रु नौ लाख लाग्ने शर्माका दाजु गोकुलले बताउनुभयो । “घरको अवस्था दयनीय छ, कमाइ केही छैन, मिर्गौला प्रत्यारोपण त परको कुरा भयो, डायलासिस गर्ने र औषधि किन्ने खर्चसमेत छैन,” उहाँले भन्नुभयो ।

दुई महिनादेखि छोरीको उपचारमा खट्नुभएका खडानन्द थकित अवस्थामा हुनुहुन्छ । वैदेशिक रोजगारीमा मलेशिया गएका छोरा गोकुल बिरामी परेर घर फर्किनु भएको छ । “भएको सम्पत्ति छोराको उपचारमा सकियो, अब छोरीको मिर्गौला प्रत्यारोपण गर्न रुपैयाँ छैन,” ६८ वर्षीय खडानन्दले भन्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time