Wednesday, October 21, 2020

दुई युवकद्वारा १३ वर्षीया बालिका बलात्कृत

गौशाला, ११ असार – महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •