दिगो आयआर्जनका लागि बाख्रा वितरण

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

कालिका (चितवन), २ असार ।

नेपाल पिछडावर्ग महासंघ पदमपुरले नौं घरपरिवारलाई बाख्रा वितरण गरेको छ । दिगो आयआर्जनका लागि बाख्रापालन उत्तम विकल्प हुन सक्ने भन्दै नौं घरपरिवारलाई बाख्रा वितरण गरेको हो ।

 

 

कालिका नगरपालिकाको वडा नं. ४ र ५ लाई लक्षित गरेर बाख्रा वितरण गरिएको पिछडावर्ग महासंघ पदमपुरका अध्यक्ष युवराज मर्दनियाले जानकारी दिनुभयो । वडा नं. ५ को देवीथानमा विहीवार एक कार्यक्रमको आयोजना गरी बाख्रा वितरण गरिएको हो । बाख्रा वितरण कार्यक्रममा बोल्दै कालिका नगरपालिकाको नव निर्वाचित उपमेयर कमला भट्टराईले यस्ता खालका कार्यक्रमले आयआर्जनमा थप सहयोग पुग्ने बताउनुभयो । अगामी दिनमा पनि यस्ता खालका आयआर्जनका लागि नगरपालिकाले सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पिछडावर्ग महासंघ चितवनका उपाध्यक्ष महेश रौनियारले राज्यले पिछडावर्गलाई न्याय दिन नसकेको गुनासो गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका महासंघका उपाध्यक्ष रौनियारले पिछडावर्गको नाममा दिइने बजेट अपुग र अबैज्ञानिक भएको बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का नव निर्वाचित वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नं. ४ का नव निर्वाचित वडा अध्यक्ष जिएन महतो, लोकतान्त्रिक मधेशी संगठनका केन्द्रीय सदस्य गोपालजी गुप्ता, नेकपा एमाले नगरप्रमुख भिष्म खनाल, नेकपा माओवादी केन्द्रका नगरप्रमुख रामचन्द्र पौडेल, नेकपा एमाले वडा अध्यक्ष रुदल महतो, काँग्रेसका वडा अध्यक्ष नारायण भट्टराई,माओवादी केन्द्रका वडा अध्यक्ष महेन्द्र पौडेल, भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल पिछडा वर्ग महासंघ पदमपुरका अध्यक्ष युवराज मर्दनियाको अध्यक्षतामा आयोजना गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment