दाङ मिडिया प्रालीद्धारा महिलाहरुलार्इ २५ दिने बुटिक तालिम प्रदान

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

दाङ, असार १७ । महिलाहरुको लागि बुटिक तालिम सम्पन्न भएकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का महिलाहरुको लागि आयोजना गरीएको बुटिक तालिम आईतबार सकिएको हो । दाङ मिडिया प्रालीको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा भएको तालिम २५ दिन सम्म चलेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको उपमेयर सीता सिग्देल न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर र उद्यमी बनाउने उदेश्य अनुसार काम भैरहेको बताउनुभयो । महिलाहरुले सिप सिकेर आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत नै बुटिक तालिम सञ्चालन गरेको र अहिले समयमा यसको राम्रो सम्भावना समेत रहेको उहाको भनाई रहेको थियो । महिलाहरुको हातमा सिप भए आत्मनिर्भर बन्न सक्ने भन्दै उहाले महिलाहरुलाई व्यवसायीक बनाउनका लागि विभिन्न तालिमहरु सञ्चालन गरेको उहाले बताउनुभयो ।

दाङ मिडिया प्रालीका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगतबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सचिव नारायण प्रसाद शर्मा, प्रशिक्षक सर्मिला चौधरी, सहभागी लक्ष्मी घर्ति मगर लगाएतले बोल्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment