विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख – दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् ।

तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

घरमा अभिभावकले दलितले पकाएको खाए दाँत झर्छ भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको शिक्षकहरु बताउँछन् ।

बिहीबार मध्याह्न १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्साकोठामा ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time