18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

शेषनारायण मन्दिरमा भक्तजनको घुइँचो

दर्शन/संस्कृतिशेषनारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, २० असार ।

दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा भगवान् नारायण (विष्णु) को दर्शन गर्न आज भक्तजनको विशेष घुइँचो लागेको छ ।
प्रत्येक वर्ष हरिशयनी एकादशीका दिन उक्त मन्दिरमा मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् । काठमाडौँबाट करिब १४ किलोमिटर दक्षिणतर्फ रहेको उक्त मन्दिरमा आउने भक्तजनको भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी तथा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिको समन्वयमा प्रबन्ध मिलाइएको छ ।
हिन्दूधर्ममा ब्रह्माले सृष्टि गर्ने, विष्णुले पालनपोषण गर्ने र महेश्वरले संहार गर्ने विश्वास गरिएको छ । विभिन्न समयमा दैवी शक्ति तथा दानवीय शक्तिकाबीच द्वन्द्व हुँदा भगवान् विष्णुले सदैव सत्यको रक्षाका लागि भूमिका निर्वाह गरेको हिन्दू धर्मावलम्बीका विभिन्न ग्रन्थमा उल्लेख पाइन्छ ।
स्थानीय समाजसेवी दिलीप शर्माले मन्दिरमा आजको दिन विष्णुको दर्शन गरेमा विभिन्न दोषबाट मुक्त भई पारिवारिक सुख शान्ति कायम हुने तथा समृद्धि कायम हुने जनविश्वास रहेको जानकारी दिनुभयो । सो मन्दिरमा हरिबोधनी एकादशीका दिन पनि मेला लाग्ने गर्दछ । रासस 

2.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles