17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नुवाकोटको दुइपिपलमा हिलेजात्रा मनाइयो, जात्रामा झडप हुदा प्रहरी सहित ५ घाइते

दर्शन/संस्कृतिनुवाकोटको दुइपिपलमा हिलेजात्रा मनाइयो, जात्रामा झडप हुदा प्रहरी सहित ५ घाइते

डिल बहादुर लामा
दुइपिपल (नुवाकोट) २५ साउन ।
नेवार समुदायको विशेष मानिने पर्व हिलेजात्रा नुवाकोटको दुइपिपलमा पनी मनाइएको छ ।

नेवार समुदायमा एक बर्षभरीमा मृत्यु भएकाहरुको सम्झनामा यो पर्व मनाउने गरिएको छ । हरेक बर्षको गाइजात्राको भोलपल्ट हिलेजात्रा मनाउने गरिएको छ । नेवार समुदायले मनाउदै आएको गाइजात्राको भोलिपल्ट यहाँ लाखे निकालेर हिलेजात्रा मनाइन्छ । बेलकोटगटी नगरपालीका ५ साबिकको दुइपिपल ६ डबलीमा पहिलेदेखी नै हिलेजात्रा मनाउने गरेको अग्रजहरुले बताएका छन् । नेवारी रीतिथीती जोगाउनका लागी यो जात्रामा लाखेनाच, मारुनी नाच,बादरनाच देखाउनुका साथ बिभिन्न भेषमा सजिएर हिलो खेल्ने र बाटोमा रोप्ने चलन रहेको छ । हरेक बर्ष गाइजात्राको भोलिपल्ट मनाइने हिले जात्रा हेर्नका लागी छिमेकी गाउ तथा नगरपालीका लगाएत काठमाडौ धादिङबाट मानिसहरु आउने गरेका छन् । यो बर्ष जात्रा मनाउने क्रममा सामान्य झडप समेत भएको थियो जसको कारण प्रहरीले झडप रोक्नका लागी दुइ राउण्ड फाएर गरेको इलाका प्रहरी कार्यलय जिल्टुङले जनाएको छ । साबिक दुइपिपल १ गैराघर र रातमाटे नन्टारका युवाहरुबिच झडप हुदा ३ युवासहित २ प्रहरी समेत घाइते भएका छन् घाइतेमध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको जिम्मा प्रहरीले लिनुपर्ने भन्दै पिडित पक्षले माग गरेका छन् । झगडा हुनुको बिस्तृत कारण नभए पनी बिगतका जात्राको निहु रहेको प्रहरीको भनाइ छ ।

 

6.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles