काठमाडौ, ७ साउन ।
सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईंको तीज कोसेली नारी त यस्तो होस् भन्छु बजारमा आएको छ ।
सन्तोष बजगाई र वर्षा सिल्वाल को स्वरमा रहेको यो गीतमा, तीजको अवसरमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको छ ।
सन्तोष बजगाइकै लय तथा शब्द संकलनमा बनेको गितमा म्युजिक भिडियोतर्फ भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ भने निर्देशन देवराज परियारले गर्नुभएको छ् त्यस्तै छायांकन रोशन कुमार दर्लामीले गर्नुभएको छ ।
पछिल्लो समयमा आएका तीज गीतहरुमा मौलिकता हराएको र छाडापन बढेको र त्यसको न्युनिकरण गर्नमा आफु तत्पर रहेको बजगाइको भनाइ छ । तिजको मर्म बिनै तिज गित भनेर बजारमा ल्याउने प्रचलनले गर्दा यस पवित्र पर्व माथि पर्न गएको असरप्रति उहाँले दुख समेत ब्यक्त गर्नुभएको छ । तीज गीतको नाममा विकृति बढेको भन्दै यसलाई निरुत्साहित गर्न सबैले आवश्यक आवाज उठाउनुपर्ने कुरामा उहाँको जोड थियो । प्रस्तुत गीतले तीजको मौलिकतालाई बोलेको र यसले सबैको मन जित्नेमा ढुक्क रहेको कुरा समेत उनले बताएका छन् ।