विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दरबारमार्ग बलात्कार प्रकरण: बलात्कारी डिएसपीकै साथी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कमलादीस्थित ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा भएको बहुचर्चित सामूहिक बलात्कार घटनाका अभियुक्तहरु महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ ।

आजकोदृष्टि साप्ताहिकमा यो खबर छ, घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ डिएसपी भारतीकै पुराना साथी भएको अनुसन्धानमा खुलेको छ ।

आफ्नो पुरानो साथी भएकै कारण बलात्कार जस्तो गम्भीर घटनामा मिलापत्र गराउन डिएसपी भारतीले भूमिका निर्वाह गरेका थिए । सोही प्रकरणमा उनीमाथि छानबिन भइरहेको छ ।

समाचारमा लेखिएको छ, गत माघ ७ गते राति चार जना युवकले २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

भोलिपल्ट मिलापत्र
आफ्ना प्रेमी शैलेस कार्कीसँग होटलमा बस्न गएकी ती किशोरीमाथि कार्कीकै सहयोगमा अन्य ३ जनाले बलात्कार गरेका थिए । घटनापछि होटलबाट निस्किएकी युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले चारै जनालाई पक्राउ गरेर एक रात थुनेपछि भोलिपल्ट मिलापत्र गराएर छाडिदिएको थियो ।

निलम्बन
पछि घटना मिडियामा गएपछि छानबिन थालिएको हो । जसक्रममा दरबारमर्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् ।

फेसबुकमा पनि साथी
अभियुक्तहरु गौतम र श्रेष्ठसँग डिएसपी भारती फेसबुकमा पनि साथी छन् । स्रोतका अनुसार डिएसपी भारतीलाई दरबारमार्ग वृत्तमा ल्याउन सहयोग गर्ने डेजाभु डिस्कोका एक सञ्चालकको मध्यस्तामा उक्त बलात्कार मिलापत्र भएको थियो ।

को हुन् अभियुक्त ?
अभियुक्त गौतम राप्रपाका नेता बिक्रम पाण्डे निकट व्यक्ति हुन् भने, श्रेष्ठ सञ्चारमन्त्री मोहन बस्नेतसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । श्रेष्ठ तरुण दल सिन्धुपाल्चोकमा समेत आवद्ध व्यक्ति हुन् ।

छानबिन समिति
घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ । सुरुमा युवतीले उजुरी दिन नचाहेकोमा पछि प्रहरी र विभिन्न संघ संस्थाको दबाबपछि उनले उजुरी दिएकी हुन् ।
स्रोतका अनुसार घटनाको बारेमा एसएसपी रबिन्द्र धानुकलाई समेत थाहा थियो । तर उनले पनि मिलापत्रमा सहयोग गरेको स्रोत बताउँछ । सोही कारण उनले हतार हतार एसपीको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । त्यसलाई काउन्टर दिन एआईजी जयबहादुर चन्दले अर्को समिति बनाएर छानबिन गरिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time