तोकिएकै समयमा निर्वाचन : प्रमुख आयुक्त

0 Shares

राजविराज(सप्तरी), २८ जेठ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ ।
आज विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उहाँले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सप्तरी उहाँको गृह जिल्ला पनि हो ।
आफ्नो माग पुरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोध गरेका थिए । सो क्रममा प्रहरी र ती कार्यकर्ताबीच झडप समेत भएको थियो । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment