विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

तुलसीपुरमा नियमित विमान सेवा सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर,असोज २२ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुइपटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो ।

इन्धन डिपो नहुँदा तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । दशैको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।

 

उनीहरुले उपमहानगरपालिकालाई पहलकदमी लिएर सातै दिन विमान सेवा सञ्चालनका लागि आग्रह समेत गरेका छन् । तुलसीपुरमा वस्दै आएका पर्शुराम चौधरीले आफ्नै ठाउँमा विमान सेवा सञ्चालन भएका कारण सजिलो भएको वताए ।

वन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थल सञ्चालनका लागि पछिल्लो समय उपमहानगरपालिकाले पहलकदमी लिएर विमान सेवा आरम्भ गरेको हो ।

 

२०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले वेला वेलामा सेवा दिएपनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा दिन आरम्भ गरेको हो । धावन मार्ग साँघुरो भएका कारणले तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने पनि उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

 

उनले अस्थायी रुपमा इन्धन डिपो स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भन्दै दुई साताभित्रै अस्थायी इन्धन डिपो आइपुग्ने जानकारी दिए । अस्थायी डिपो स्थापना भएपछि अन्य विमान कम्पनीहरु आउनुका साथै भाडादरमा पनि गिरावट आउने उनले वताए । सोमवारको पहिलो उडानमा सभामुख कृष्णवहादुर महरा पनि आएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...