तिनकन्या बनको छैटौ बार्षिक साधारणसभा सम्पन्न

0 Shares


सुजन प्रेमी
दाहखानी (चितवन)  १५ माघ

पुर्वी चितवनको दाहखानी ९ गर्दासमा रहेको तिनकन्या सामुदायिक बनको छैटो बार्षिक साधारणसभा सम्पन्न भएको छ । तिनकन्या सामुदायिक बनका अध्यक्ष दिपक थापामगरको सभापतित्व र वरण्डाभार संरक्षित क्षेत्र चितवनका अध्यक्ष सरोज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथी हरिपुर ईलाका बन कार्यलयका प्रमुख बलभद्र भण्डारी बिशिष्ट अतिथी सामुदायिक बन महासंघ चितवनका अध्यक्ष सुरविर पोखरेल ,लगाएत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी र स्थानिय बासिन्दाहरुको उपस्थित रहेको थियो । कार्यक्रमका बक्ता बिशिष्ट अतिथी सामुदायिक बन महासंघ चितवनका अध्यक्ष सुरविर पोखरेलले आफु सामुदयिक बनको हक हितको लागी लडिरहेकोले सबैको साथ आवस्यक रहेको बताउनुभयो । जुन शिर्षकका रकम हुन्छन त्यही शिर्षकमा खर्च गर्नसमेत उहाले सुझाव दिनुभयो । त्यस्तै प्रमुख अतिथी वरण्डाभार संरक्षित क्षेत्र चितवनका अध्यक्ष सरोज गुरुङ्गले वन पैदावार बचाउन पहिले समुदाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बनजंगल जोगाउन र यसको महत्व बुझाउनका लागी वन क्षेत्रका दलित गरिव तथा बिपन्न परिवारलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा लेखा संयोजकले वनको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । २०७२÷०७३ मा वनको आम्दानी रु ६९ लाख ६८ हजार ४ सय ७० रुपेया ५२ पैसा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time