तामाङ सञ्चार समुह चितवनले आयोजना गरेको मैत्रीपुर्ण खेलमा पत्रकारहरुको टोली पराजित

0 Shares


भरतपुर (चितवन) माघ १५, ।

२८५३ औ च्याल्हो सोनाम ल्होछारको अवसरमा तामाङ सञ्चार समुह चितवनले आयोजना गरेको मैत्रीपुर्ण खेलमा पत्रकारहरुको टोली पराजित भएको छ । नेपाल तामाङ घेदुङ चितवन तथा नगर तामाङ समाज भरतपुरको टीमसँग ५–२ गोलअन्तरले पत्रकार टोली पराजित भएको हो । नारायगढको क्याम्पचौरमा सम्पन्न खेलमा घेदुङ तथा नगर तामाङ समाजको टीमका लागि रुपेश लामा, राज जिम्बा, शंकर लामा, बिजय जिम्बा र मोहन लामाले एक एक गोल गरे । पत्रकारको टीमबाट रमेश रानाले दुई गोल गर्न सफल भए । सञ्चार समुहले शनिबार परेको ल्होछारको अवसरमा शुभकामना आदानप्रदान सँगै मैत्रीपुर्ण फुटबलको आयोजना गरेको हो । खेल सुरु हुनुभन्दा अघि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खेलकुद बिकास समितिका अध्यक्ष एवं नगर तामाङ समाजका अध्यक्ष गंगालाल लामाले कलम चलाउने पत्रकारहरुको स्फुर्ति देख्दा निकै खुशी लागेको बताउनुभयो । तामाङहरुको महान साँस्कृतिक पर्व ल्होछारको अवसरमा शुभकामना दिनुहुदै उहाँले यस्ता गतिविधिबाट संस्कृति संरक्षण र पहिचान बिस्तारमा भुमिका खेल्ने पनि बताउनुभयो । कार्यक्रममा फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी, खेलकुद पत्रकार मञ्च चितवनका महासचिव दिपेन्द्र अधिकारी, घेदुङ चितवनका सदस्य ज्ञानबहादुर पाख्रिन, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भरतपुरका अध्यक्ष अजय तामाङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो । सञ्चार समुह चितवनका अध्यक्ष उर्गेन लो को अध्यक्षतामा भएको कार्यक्रममा समुहका कोषाध्यक्ष बबिलाल ग्लानले स्वागत मन्तव्य राखेका थिए । समुहले हरेक बर्ष ल्होछारको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसबर्ष तामाङ समुदायले टे ल्हो (बाँदर बर्ग) लाई बिदाई गरि च्या ल्हो (चरा बर्ग) लाई स्वागत गर्दै ल्होछार मनाउदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment