Monday, September 21, 2020

डिभिजन सडक कार्यालयमा तालाबन्दी

दोलखा, ९ असार ।

मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् ।
निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि निर्माण व्यवसायीले सडक कार्यालयमा तालाबन्दी गरेका हुन् ।
काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताउनुभयो । उहाँले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकम नआएका कारण समस्या आएको बताउनुहुन्छ । विभागले अर्थमन्त्रालयले रकम निकासा नगरेकाले रकम पठाउन असमर्थ रहेको जनाउँदै आएको तिवारीको भनाइ छ । जिल्लामा रु ६० करोड बराबरको निर्मण कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •