विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘डान्स क्लब’ मा गोलीहानी १४ जनाको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ब्रसिलिया, १४ माघ ।   ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ ।

यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

फोर्रो डो गागो नामक डान्स क्लवमा अत्याधिक भिड भएका बेला शनिबार एकाविहानै सहभागीहरुलाई लक्षित गरेर गोली चलेको थियो ।

प्रत्यक्षदर्शीहरुले स्थानीय ग्लोबो टिभीलाई बताएअनुसार बन्धुकधारीहरु कारमा आएर क्लबमा पसेका थिए र अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

झण्डै आधा घण्टासम्म नै उनीहरुले उक्त क्लबमा आक्रमण गरेर फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

आक्रमणबाट घाइते हुनेमध्ये केही बालबालिका समेत परेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजक हरेको अस्प्तालका अधिकारीहरुले बताएका छन् ।

केही व्यक्तिहरुले सामाजिक सञ्जालमा राखेको फोटोमा कम्तीमा १२ जनाको शव भुइँमा लडेको देखिएको छ भने तीमध्ये अधिकांश महिला रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले यो घटना अहिलेसम्म देखेको भन्दा क्रुर घटना भएको बताएका छन् ।

डान्स क्लबका भित्ताहरु, घरको वरिपरी र त्यहाँका सवारी साधनहरुमा गोली लागेको दागहरु देखिएका छन् भने क्लब पुरै रक्तपातपूर्ण भएको छ ।

स्थानीय प्रहरी अधिकारीहरुले घटना पुरै पुर्व तयारी अनुसार भएको जस्तो देखिएको बताएका छन् । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जानकारी पनि दिएका छन् ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time