विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ट्रेड युनियन काँग्रेसको निर्वाचन अाज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १ असार – नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ ।

चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

आज भएको बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए । अध्यक्ष दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।

ट्रेड युनियनको निर्वाचन भने शुक्रबार हुने भएको छ । निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले निर्वाचनको कार्य शुक्रबार बिहान ७ बजेदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्नेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time