विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ट्रिपर दुर्घटनामा २ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ २० माघ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्डमा पर्ने सम्धीमोडमा ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा गएराति से १ क ५२७ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक बाँके कोहलपुरका २८ वर्षीय ज्ञानकुमार बोहोरा र सहचालक डोटीका २३ वर्षीय रमेश पुनमगर रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर ट्रिपर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time