झापा गोल्डकप: आज मनाङ र झापा ११ खेल्ने

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं,  २४ माघ

दोश्रो झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल क्लबमध्ये सबैभन्दा सफल क्लब हो ।धनगढीमा भएको खप्तड गोल्डकप र आहारारा गोल्डकप जितेको मनाङ्ग झापा गोल्डकप पनि जितेर उपाधिको ह्याट्रिक गर्ने धुनमा छ भने आफैले आयोजना गरेको मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता आफै राख्ने दाउमा छ ।झापा अघिल्लो महिना भएको काँकडभिट्टा गोल्डकपको विजेता टोली पनि हो । घरेलु फुटबलको यो सिजनमा झापा र मनाङ पहिलोपटक खेल्न लागेका हुन् । अहिलेसम्म ६ पटक आमनेसामने हुँदा झापाले मनाङमाथि २ पटक मात्र जीत हात पार्न सकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment