जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ ः नेता कोइराला

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

कलैया, ३ माघ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले आज सिम्रौनगढमा आयोजना गरेको आमसभामा उहाँले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा नेता चोधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।
पूर्वसांसद डा शोभाकर पराजुलीले सङ्घीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाउनुभयो । कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment