जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

महोत्तरी, १० वैशाख -जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।

आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो ।

गौशाला–१० भरतपुरखोरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखोरमा र गौशाला नगरपालिका–४ विर्ताका ४७ जना बालबालिकालाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गराएको स्रोत व्यक्ति दीपक बरालले बताउनुभयो ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस्ता समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गौशाला नगरपालिकाभित्र रहेको ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियान तीव्ररुपमा सञ्चालन गर्नका लागि आफूले बारम्बार निर्देशन दिएको महतोले जानकारी दिनुभयो ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment