Saturday, September 26, 2020

चौतर्फी विवादकाबिच कांग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउँदै

१६ पुस, काठमाडौं । पछिल्लो समय आफ्नै आन्तरिक शक्ति सन्तुलन मिलाउन नसकेर विवादमा फसेँको नेपाली काँग्रेसले आज देशभरी विभिन्न कार्यक्रमहरु गरि ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको छ ।

 महाधिवेशनको मिति तोक्न नसक्दा नेपाली काँग्रेस आन्तरिक कलह र विवादमा फसेको हो । विशेषतः पार्टीका भातृ सङ्गठन कुन गुटको कसलाई बाँड्ने  भन्ने विवादका बिच काँग्रेस रुमल्लिरहेको छ ।

पार्टीका बरिष्ठ नेताहरुबिच नै मतमतान्तर भएपछि अहिले सबै भातृ सङ्गठनहरु निकम्मा भइरहेका छन् । पार्टीको आन्तरिक सुदृढीकरण गर्न नसक्दा र जनताबिचमा नपुग्दा नेपाली काँग्रेसले विपीको मेलमिलाप नितीको कार्यान्वयन गर्न नसकिएको काँग्रेस नेताहरु बताउँछन् ।

नेपालको सार्वभौमसत्ता जोगाउनका लागी आफुमाथि लागेको मृत्युदण्डको सजायको पनि परवाह नगरि नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला नेपाल फर्किएका थिए । राष्ट्रिय मेलमिलाप तथा एकताको लागी राजा र दलहरु मिल्नुको बिकल्प नभएको बताउने उनी  वि.स‌ं. २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि उत्पन्न राजनैतिक घटनाक्रमले वि.सं. २०२५ मा विभिन्न नेताहरु सहित भारत निर्वासनमा गएका थिए ।

तत्कालिन दक्षिण एसियाली राष्ट्रहरुका बिचमा भएको शक्ति सङ्घर्ष र त्यसले उत्पन्न गराएको राजनैतिक ध्रुविकरणले नेपालको सार्वभौमसत्ता पनि धरापमा परेको थाहा पाएपछि  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा नेपाली काँग्रेसले हरेक बर्षको पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा नेपाली काँग्रेसले आज बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गर्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •