Saturday, September 19, 2020

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर । ११ जेष्ठ

रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई विहीवार खाद्यान्न सहयोग गरिएको छ । केन्द्र स्थापनाकाल देखि सहयोग गर्दै आएका नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुके र अनुषा चुकेले वालवालिकालाई खाद्यान्न सहयोग गरेका हुन । चुके परिवारले केन्द्रलाई ५० वोरा चामल सहित दाल,तरकारी,आलु,मसला,साबुन,श्रप लगायत सम्पूर्ण उपभोग्य सामान गरेको हो । केन्द्रमा १२५ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । चुके परिवारले वालवालिकालाई आवश्यक पर्ने खाद्यान्न सामाग्री निरन्तर सहयोग गर्दै आएका छन । आफनो व्यवसायबाट प्राप्त मुनाफा मध्येको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्दैै आएका चुकेले केन्द्रमा आश्रित वालवालिकालाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •