विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

चूडामणी शर्मामाथि ४ करोड २९ लाख भ्रष्ट्राचार अभियोग दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादास्पद छवीका निलम्बित सहसचिव चूडामणी शर्मा्विरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियारले शर्मा र उनकी पत्नी कल्पना उप्रेतीविरुद्ध दोस्रो मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
‘तीन करोड ६३ लाख रुपैयाँमात्रै बैध रुपमा आर्जन गरेको अनुसन्धानबाट देखिएको छ,’ आरोपपत्रमा उल्लेखित विवरणवारे अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले कान्तिपुरसित भने, ‘शर्माको सम्पत्ति विश्लेषण हँुदा सात करोड ९३ लाख रुपैयाँ जोडेर कुनै न कुनै रुपमा खर्च गरेको देखियो ।
वैध आम्दानीको तुलनामा खर्च धेरै भएकाले गैरकानूनी आर्जन गरेको अभियोगमा मुद्दा चलाइएको हो ।’, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...