Thursday, September 24, 2020

चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

कञ्चनपुर, ३ असार ।

नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ ।
चुरे संरक्षण दिवसको अवसर पारी शुक्रबार धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धामं)मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्रदान गरेको हो ।
चुरे संरक्षणमा योगदान पु¥याउने भीमदत्तनगरपालिका, मटैनामास्थित सामुदायिक वन उपभोक्ता समूहलाई रु तीन हजार नगद, प्रमाणसहित द्वितीय पुरस्कार र कृष्णपुर नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहलाई रु दुई हजारसहित तृतीय पुरस्कार उपलब्ध गराइएको थियो । वन डढेलो नियन्त्रण र वन संरक्षणबारे निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रजिअ मनोहरप्रसाद खनालले ती पुरस्कार प्रदान गर्दै चुरे क्षेत्र संरक्षणका लागि अझै योगदान गर्नुपर्ने बताउनुभयो । साकेत धाम क्षेत्रभित्र रहेको धार्मिक वनमा वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •