Thursday, October 29, 2020

चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौ, १२ असार ।

चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बराबरी गरे पनि चिलीले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिएको हो । चिलीका लागि मार्टिन रोड्रिग्वेज र अस्ट्रेलियाका लागि जेम्स ट्रोइजीले गोल गरे । खेलमा अग्रता अस्ट्रेलियाले लिएको थियो । ४२ औं मिनेटमा ट्रोइजीले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० ले पछि परेको चिलीका लागि ६७ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गरे । बराबरीबाट जोडेको एक अंक नै चिलीका लागि सेमिफाइनल यात्रा तय गर्न पर्याप्त भयो । समूह विजेता बनेको जर्मनीको तीन खेलबाट सात तथा उपविजेता बनेको चिलीको पाँच अंक भयो । अस्ट्रेलिया र क्यामरुन भने समूह चरणबाटै बाहिरिएका छन् । पोर्चुगल र मेक्सिको यसअघि नै अन्तिम चारमा पुगेकाले सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि चिलीले अब पोर्चुगलसँग खेल्नेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •