चितवन उद्योग संघले खेलेको पहल सह्रानिय : एलडिओ सुवेदी

0 Shares


चितवन, २२ फागुन 
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले उद्योगको विकासले मात्र देश समृद्ध हुने बताउनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुवेदीले आर्थिक विकास नभएसम्म देश समृद्ध नहुने भएकाले उद्योगहरुको स्थापनासंगै विकास हुनु जरुरी रहेको बताउनभयो । स्थानीय विकास अधिकारी सुवेदीले मुलुकमा उद्योग विकासको लागि चितवन उद्योग संघले खेलेको पहल सह्रानिय रहेको भन्दै औद्योगिक क्षेत्र स्थापना र चितवन प्रदर्शनी केन्द्र निर्माणमा चितवन उद्योग संघको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीले आफ्नो कार्यलयसंग खासै धेरै सम्बन्ध नहुने भन्दै चितवन उद्योग संघले देखाएको मायाप्रति धन्यवाद दिनुभयो । उहाँले जिल्लाको उद्योगको विकासमा चितवन उद्योग संघले महत्वपूर्ण कार्य गर्न शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले दुवै प्रमुखहरुलाई स्वागत गर्दै सदैव सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले चितवन उद्योग संघले नेतृत्व दायी भुमिका खेलेको चितवन प्रदर्शनी केन्द्र र शक्तिखोर औद्योगिक क्षेत्र निर्माणमा सवैको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत गर्दैै संघको पृष्ठभुमी बारे जानकारी गराउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment