Wednesday, September 23, 2020

चितवनमा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधी जानकी माविलाई

फाईल फोटो

चितवन, १३ माघ 

लगातार तीन पटक रनिङ शिल्डको उपाधी जित्दै जानकी मावि मेघौलीले राष्ट्रपति रनिङ शिल्डको ट्रफी हात पारेको छ ।
आज (विहीबार) सम्पन्न नवौ राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत जिल्ला स्तरीय उपाधी जित्दै जानकी माविले ट्रफी हात पारेको हो । प्रतियोगितामा हिमालय मावि टिम द्धितिय हुँदा वीरेन्द्र आर्दश माध्यमिक विद्यालय तेश्रो भयो । टिम प्रथम भई उपाधी जितेको जानकी माविले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । टिम द्धितिय भएको हिमालय माविले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझायो । राष्ट्रिय खेलकुद परिषदले दिने पुरस्कार बाहेक आयोजक जिल्ला खेलकुद विकास समिति चितवनले पनि प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगदले पुरस्कृत गर्यो । समितिले प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँ, द्धितियलाई नगद १२ हजार रुपैयाँ र तृतियलाई नगद ९ हजार रुपैयाँ प्रदान गरेको जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •