चितवनमा गैंडाकोे आक्रमणबाट एकजना घाइते

0 Shares

चितवन, २८ जेठ
गैंडाकोे आक्रमणबाट चितवनमा एकजना घाइते भएका छन् । चितवनको राधाकृष्ण मध्यवर्ती सामुदायिक बनमा आज बिहान गैडाँले आक्रमण गर्दा भरतपुर महानगरपालिका २७ मेघौली निवासी झक्की बहादुर भण्डारी घाइते भएका हुन् ।
बिहान घाँस काट्नको लागी वनमा जाँदा उनलाई गैडाले आक्रमण गरेको थियो । मुख र छातीमा चोट लागेको भण्डारीको अहिले भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment