विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बनेपा, २२ असार – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time