विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

घाइते भेटिएका चौधरीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर, १८ जेठ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर नजिक घाइते अवस्थामा फेला परेका कैलालीको भजनी रजवाराका २४ वर्षीय अमित चौधरीको उपचारका लागि लैजाने क्रममा बिहीबार मृत्यु भएको छ ।

कलुवापुर चोकबाट झण्डै १०० मिटर दक्षिणतर्फको सडकमा घाइते तथा अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते चौधरीको शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कुटपिट वा के कारणले चोटपटक लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time