Friday, September 25, 2020

गौतमका लागि उपनिर्वाचन: काठमाडौं ७ खाली

काठमाडौं – गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।

मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् । त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए ।

‘मेरोतर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’
उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत:स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •