गैरकानुनी संरचना हटाउन मुख्यमन्त्रीसँग राजदूत उपाध्यायको आग्रह

0 Shares

काठमाडौँ, ७ असार ।

सरकारले नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग आग्रह गरेको छ ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेटेर त्यस्तो आग्रह गर्नुभएको हो ।
उक्त परिसरमा दुईसय वर्षअघि निर्मित नेपाली शैलीका ऐतिहासिक स्मारक छन् ।
त्यसअवसरमा उहाँहरूबीच संस्कृति, पर्यटन, सीमा क्षेत्रका पूर्वाधार तथा दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तार, सिमाना व्यवस्थापन, बाढी नियन्त्रण एवम् जल व्यवस्थापनबारे विचारविमर्श भएको नयाँदिल्लीस्थित नेपाली राजदूतवासले जनाएको छ ।
काठमाडौँ÷पोखरा, बाराणसी÷लखनउ÷गोरखपुरका साथै दुवै देशका प्रमुख सांस्कृतिकस्थललाई सिधा हवाईमार्गबाट जोड्ने र पर्यटन प्रवद्र्धन गर्नेबारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।
मुख्यमन्त्री आदित्यनाथले नेपालले प्रस्तुत गरेका समस्या समाधानमा सघाउने आश्वासन दिनुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै राजदूत उपाध्यायले उहाँलाई अनुकूल समयमा नेपाल भ्रमण गर्न आमन्त्रणसमेत गर्नुभएको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment