गरिमा विकास बैंककाे गरिमा रेमिट सञ्चालनमा

0 Shares

गरिमा विकास बैंक लिमिटेडले आफ्नो रेमिट प्रोडक्ट गरिमा रेमिट सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रम विच विकास बैंकका संचालक डा. आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले ग्राहक हरुलाई प्रदान गर्ने सेवाहरुमा विविधीकरण गर्दै गरिमा रेमिट संचालनमा ल्याएको र यसका माध्यमबाट देशका विभिन्न स्थान हरुमा रहने गरिमा रेमिटका एजेन्ट हरु मार्फत एक स्थान बाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सक्ने बताए ।

यसै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले वर्तमान प्रतिस्प्रधात्मक वातावरण, सेवाको विविधीकरण तथा ग्राहक हरुको आवश्यकतालाइ मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्रान्ड बनाउने गरी कार्य गरिने बताए । साथै विकास बैंकले छिट्टै विदेशी मुद्रा विनिमय सम्बन्धि कार्य गर्ने तथा भिजा डेविट कार्ड समेत सञ्चालनमा ल्याउने जानकारी दिए ।

काठमाण्डौ महानगरपालीका वार्ड न २ लाजिम्पार्टमा केन्दिय कार्यालय रहेको यस बैंकले बैसाख महिनामा प्रदेश न १ को झापा, मोरङ र सुनसरी जिल्लामा ८ वटा साखा कार्यालय समेत संचालनमा ल्याएको छ ।हाल राजधानीमा ५ साखा कार्यालय सहित देशभरि ५७ वटा कार्यालय र १२ एटिएम संचालनमा रहेका छन् ।
गरिमा विकास बैंकले २०७५ बैसाख मसान्त सम्म १८ अर्ब ९० करोड रुपया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपया कर्जा लगानी गरेको छ । उक्त अवधी सम्म विकास बैंकले ४४ करो सञ्चालन मुनाफा आर्जन गरेको कार्यक्रममा जानकारी दिइयो

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment