Thursday, October 1, 2020

कृत्रिम गर्भाधान गर्ने बढ्दै

काठमाडौं – बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।

विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ ।

ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ ।
बाँझोपन समस्या हटाउन कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन् । निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् ।

थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ ।

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares