विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

काठमाडौं क्षेत्र नं ५ को परिणामबारे प्रेस विज्ञप्ति :उज्वल थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नमस्ते काठमाडौँ-५ का ६८५८ मतदाता र देश-विदेशमा शुभेच्छुक सहयोगी मित्रहरु!
तपाई हरेकलाई मेरो हृदय देखि नै मुरी मुरी धन्यवाद !
४ बर्ष अघि नेपालको राजनीतिलाई नै सु-संस्कृत बनाउछुँ भनेर होमिदाँ यहिँकै ११६३ जनाले मलाई मत दिएर आड दिनु भएको थियो।
यसपाली त्यो भन्दा ६ गुणा बढि मतदाताले (सु-संस्कृत राजनीतिका संवाहक) हामीलाई मत दिई हाम्रो हौषला अझ थप गरिदिनु भएकोमा म उत्साहित छु। यस क्षेत्रबाट अझै बढिले समानुपातिक तर्फ मत दिएर सहयोग गरिरहेको मैले अनुमान गरेको छु।

४ बर्ष पहिले हामी ४ जना मात्र लडेका थियौँ, आज देशभरै सयौँ अगाडी सरेका छौँ।

अब के त?
अब देशको लागि चाहिने एक शसक्त ‘वाचडग’को रुपमा हामी अघि बढ्‌नेछौँ। देश भर हजारौँ विवेकशील नेतृत्व बनाउने यात्रा शुरु भएको छ। अबको ५ बर्षमा हुने स्थानीय तह देखि प्रादेशिक देखि प्रतिनिधि सभाको निर्वाचनमा देशले गर्व गर्न सक्ने नेतृत्वहरु हजारौँ बनाउने तर्फ लाग्नेछौँ। त्यसबेला देशै हाँक्न सक्ने सर्वकृष्ट नेतृत्व बनाउन अहिले देखी तयारी गर्दै जानेछौँ।

बिकास र समृद्धिको लागि चाहिने भौतिक मात्र होईन नैतिक स्थिरताको लागि पनि हामी सदैव उदाहरण बन्न प्रयत्नरत हुनेनै छौँ। यस क्षेत्र र समग्र देशै गरिखाने बनाउन तिर पनि मेरो स्वयंको उच्च प्राथमिकता रहनेछ।

काठमाडौँ-५ बाट सर्वाधिक मत जित्नु भएका ईश्वर पोखरेल ज्यूलाई सांसदको रुपमा ५ बर्ष नेपाल र नेपालीको स्वाभिमान जोगाउने सुनौलो मौका पाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। वहाँबाट नेपालीको हित र बिकासमा गर्नु पर्ने सबै कार्यमा मेरो सदैव साथ र समर्थन जहिले पनि रहने छ।

साथीहरु, अब तपाई-हामी मिलेरै गुमेको नेपालको स्वाभिमान फर्काउनै पर्छ। अहिले व्याप्त लूटतन्त्रलाई ढालेर गरिखाने उद्यमशील समाज बनाउन यात्रा जारी राख्नै पर्छ।
यस शुभकार्यमा अब धेरै बोलेर भन्दा पनि गरेर देखाउनु जरुरी छ। नेपाली भनेर मात्र होईन, अब बनेरै देखाउनु छ।

सुसंस्कृत राजनीतिको शुभराम्भको लागि तपाईँलाई बधाई र हार्दिक स्वागत !

तपाईको जय होस् ! नेपाल आमाको जय होस् !

उज्वल थापा
विवेकशील साझा पार्टी संयोजक

थप:
विवेकशील साझा पार्टीको सदष्य भएरै अगाडी बढ्न चाहनु हुने साथीहरुलाई यो लिंकबाट शुरु गरौँ।
www.bibeksheelsajha.org/join-us

#Wedeservebetter

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time