विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

काँग्रेसको अस्तित्व बचाउन नेतृत्व सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

११ माघ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेसकाे नेतृत्व सच्चिनुपर्ने बताएकी छिन् । 
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखेकी हुन् ।
” मेरोभन्दा पनि  हाम्रो पार्टी भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको छ , त्यसकाे लागी सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता छ । पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पद लाेलुप्ता देखिन हुँदैन ।” नेतृ काेइरालाले सुझाव दिइन् ।
पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका आफुहरु तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् । नेतृ कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।

काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् । यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै परियोजनामा केही बुँदामा त्रुटि छ भने त्यसलाई सच्याउनुपर्ने बताइन् ।

(रासस)


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...