कलंकी अण्डरपास तीन महिनामै सञ्चालनमा अाउने

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाण्डौं, २० बैशाख – चीन सरकारको सहयोगमा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत कलंकीमा निर्माण भइरहेको अण्डरपास जुलाई लास्ट सम्म सञ्चालनमा आउने चक्रपथ सुधार आयोजनाका इन्जिनियर प्रकास चन्द्र भण्डारीले बताए । अवको ३ महिनाभित्र सडक सञ्चालनमा ल्याउने गरी अण्डरपास निमार्णको काम दु्रत गतिमा भइरहेको जानकारी दिए । उनले भने स्टम्चर र वाल लाउने काम पुरा भइसकेको छ रो पिच गर्ने तथा फिनिसिङको काम बाकि बाकि नै छ । सञ्चालनमा आउन अझै केहि महिना लाग्नेछ ।

झण्डै २ बर्ष अघि २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पुरा गर्ने लक्ष्य राखीए पनि भूकम्प र नाकाबन्दीको कारण देखाउदैं ठेकेदार कम्पनीले समयमा काम नगरेपछि एक बर्ष समय थप गरेर अण्डरपास निमार्णको काम भइरहेको हो । चीन सरकारको सहयोगार्थमा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्र्गगतको कलंकीमा निर्मित नेपालकै पहिलो अन्डरपास सडक निमार्ण भइरहेको छ । पटक पटकको समयवधि थप गदैं चीनिया कम्पनी सांघाई कन्स्ट्रक्सनले २४ सै घन्टा निमार्णको काम गरिरहेको छ । सो निमार्ण कार्यमा २० जना चिनिया र ५० जना नेपाली गरी जम्मा ७० जनाले काम गरीरहेका छन् ।

कुल ८ सय मिटर लामो अन्डरपास रहेको सडकको काम बल्खु देखी कलंकी सम्मको १.४ किलो मिटरमा पिच गर्नेकाम बाकि नै रहेको आयोजनाका यिन्जिनियर प्रकाश चन्द्र भण्डारीले जानकारी दिए ।उनले भने ९० प्रतिशत पुरा भएको छ उक्त अन्डरपास कलंकी चोकदेखि बल्खुसम्म ४ सय मिटर र सितापाइलातिर ४ सय मिछटर गरी जम्मा ८ सय मिटरको बनाउन लागिएको हो ।

चीन सरकारको ५ अर्व रुपैंयाको अनुदान सहयोगमा चक्रपथ विस्तारको कामसगैं अण्डरपासको पनि काम भइरहेको हो । अन्डरपासको निमार्णभइसकेपछि कलंकीमा हुने घण्टौं जाम पूर्णरुपमा हट्ने र स्कुल कलेज जाने विद्यार्थीहरु समयमै विद्यालय जान पाउने विश्वास गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment