विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ओलीसंगै सेयर बजार हरियाे हुन थाल्याे। हेर्नुहाेस् के के छन सम्भावनाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ४ फागुन । बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह सिर्जना गरेको छ । लामो समयदेखि बजारको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि सेयर बजारकै लागि स्वर्णिम युुग हुने आशामा लगानीकर्ताहरु एकाएक सक्रिय हुँदा नेप्से परिसूचक(इण्डेक्स) ३६.०१ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँको उचाईमा पुुगेको छ।

प्रधानमन्त्री बन्नुुअघि ओलीले लगानीकर्ताका हरेक पटकको भेटमा सेयर कारोबारमा कुनै पनि हालतमा कर लगाउन नहुने तर्क पेश गर्दै आएका छन् ।

लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत ओलीको नियुक्ति लगत्तै खरिदारीमा सक्रिय हुँदा परिसूचक र कारोबारमा एकाएक उछालको अवस्था देखिएको हो ।

यो दिन बजारका सबै समूहको सूचकमा राम्रो बढोत्तरी भएको छ । विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहमा सबैभन्दा ठूलो बढोत्तरी देखिएको छ । माइक्रोफाइनान्स समूह ६२.९१(३.७८ प्रतिशत), बिमा समूह २१३.९५(३.०२ प्रतिशत) र विकास बैंक समूह ५५.५(३.५३ प्रतिशत) अंकले बढे ।

यस्तै, बैकिङ समूह ३१.३९ अंकले बढ्यो भने व्यापार समूह ५.९९, होटल समूह २२.९६, जलविद्युत समूह ४९.०४, बित्त समूह १७.५५, उत्पादमूलक ५०.७५ र अन्य समूह ७.३६ अंकले बढे ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा उछाल आएका कारण सेन्सेटिभ इण्डेक्स ७.७२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.८७ प्रतिशतको बढोत्तरी देखिएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १५ लाख ६ हजार ६ सय ३४ कित्ता सेयर ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँमा कारोबार भयो ।

यो दिन सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमीटेडले गर्यो । यो कम्पनीले ३ करोड ४८ लाख बढीको सेयर कारोबार गर्यो । यस्तै, इन्भेष्टमेन्ट बैंकले ३ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८६ लाख, सानिमा बैंकले २ करोड ३९ लाख, नवील बैंकले २ करोड ३ लाख, राष्टिय बिमा कम्पनीले १ करोड ७७ लाख, नेपाल बैंकले १ करोड ६८ लाख, एभरेष्ट बैंकले १ करोड ६६ लाख, एनएमबी बैंकले १ करोड ५२ लाख बढीको सेयर कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । अरुण फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा कमाए । यस्तै, मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको मूल्य पनि ९ प्रतिशतको हाराहारीले बढ्यो ।

यो दिन एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को इकाई मूल्य धेरै घट्यो । यो कम्पनीको इकाई मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time