विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ओरालो तर्फ सेयर बजार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ८८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक,जलविधुत र फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् ।

आज कारोबारमा आएको १६४ कम्पनीको ११ लाख ४८ हजार ३ सय ६९ कित्त सेयर बाट २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह १६ दशमलव १२ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह १५ दशमलव ६७ अंकले, हाेटेल  समुह ७ दशमलव ४८ अंकले, विकास बैँक समुह ३ दशमलव ४३ अंकले, अन्य समुह २ दशमलव ८६ अंकले र लघुवित्त समुह ० दशमलव ४९ अंकले ओरालो लागेको छ ।


आज फाइनान्स समुहले सबै भन्दा धेरै कमाएको छ । आज फाइनान्स् समुह ३ दशमलव ३३ अंकले उकालो लागेको छ । आज जलविधुत समुह १ दशमलव ६५ अंकले र बैँक समुह ० दशमलव ७१ अंकले उकालो लागेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...