विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एन आई सी एशियाको नागरिक मोह ः गिज्यानमा निशुल्क स्वास्थ्य शिविर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत ४ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका ६ गिज्यानमा एनआईसी एशिया बैँक नयाँपुल शाखाले निशुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ ।

बैँकले शनिबार एकदिने स्वास्थ्य शिविरको आयोजना गरेर सेवा दिएको हो । शिविरमा २ सय ५३ जनाले स्वास्थ्य परिक्षण गराएको शाखाका निमित्त प्रमुख टंकनाथ लामिछानेले जानकारी दिनुभयो ।

सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा.लि. तथा स्थानीय अनमोल युवा क्लवसँगको सहकार्यमा शिविर सम्पन्न गरिएको हो । बैंकले सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत स्वास्थ्य सेवा शिविर आयोजना गरेको लामिछानेले जानकारी दिनुभयो ।
शिविरमा डा.हेमा छन्त्याल,डा. पाशाङ्ग छिरिङ्गलामा, दाँत रोग प्राविधिक महेशराज क्षेत्री तथा ल्याव टेक्नीसीयन चोकी थापा मगरले सेवा प्रदान गरेका थिए । उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखीएको डा. हेमा छन्त्यालले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...