विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, के के छन् सुविधा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ २५ माघ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको छ ।

एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् । यो भ्वाइस प्याक २४ घण्टाको लागि मान्य हुनेछ ।बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ ।

 

भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time